कोरियाले आगामी वर्ष २ लाख ७ हजार कामदार भित्र्याउने

हिमाल प्रेस ११ पुष २०८१ १३:३७ | Thursday, December 26, 2024
कोरियाले आगामी वर्ष २ लाख ७ हजार कामदार भित्र्याउने

काठमाडौँ- दक्षिण कोरियाले आगामी वर्ष २ लाख ७ हजार विदेशी कामदार रोजगारीमा भित्र्याउने भएको छ। यस वर्षका लागि कोरियाले दुई लाख २० हजार कोटा छुट्याएको थियो। यस वर्षको तुलनामा आगामी वर्षका लागि कोरियाले कोटा घटाएको छ।

सन् २०२५ मा कृषि, मत्स्यपालन, उद्योग, पानीजाहाज र निर्माण क्षेत्रमा २ लाख ७ हजार विदेशी कामदार भित्र्याउने निर्णय भएको कोरियन योनहाप समाचार एजेन्सीले जनाएको छ। दक्षिण कोरियाले आगामी वर्षका लागि इ–९ रोजगार अनुमति भिसाअन्तर्गत कामदारको संख्या यस वर्षको तुलनामा ३.५ हजारले घटाएको बताएको छ ।

कोरियाले रोजगार अनुमति (ईपीएस) प्रणालीमार्फत इ–९ भिसामा १ लाख ३० जना लिने भएको हो। यो गत वर्षभन्दा ३.५ प्रतिशत कम हो। कोरियाले मौसमी कामदार भिसा ई–८ अन्तर्गत ७५ हजार कोटा छुट्याएको छ। माछा मार्ने कोरियन समुदायको जनसंख्याको कमीलाई ध्यानमा राख्दै ई–१० भिसाको संख्या बढाउने पनि कोरियाको तयारी छ। योसँगै पानीजहाजमा काम गर्ने र माछा मार्ने मरिनसम्बन्धी कामका लागि ई–१० भिसा कोरियाले दिँदै आएको छ। यस भिसाको निश्चित कोटा तोकिदैन्।

कोरियाले विदेशी कामदारका लागि प्रदान गरिने भिसा विभिन्न वर्गमा बाँडिएको छ। तर कुन् देशलाई कति दिने भनेर खुलाइएको छैन। नेपालले गत वर्षको तुलनामा न्यून कोटा पाउने ईपीएस शाखाको अनुमान छ।

आगामी वर्षदेखि कोरिया इपीएस परीक्षा फारम भर्दा नै कडाइ गर्ने भएको छ। कोरियाले आवश्यक संख्याको ३ गुणा मात्र आवदेन लिने घोषणा गरिसकेको छ। नेपालले २० हजार कोटा पायो भने ६० हजारले मात्र आवदेन दिन पाउने छन्।

प्रकाशित: ११ पुष २०८१ १३:३७ | Thursday, December 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast