किशोरको घातक बलिङले १२३ रनमा समेटियो सुदूरपश्चिम, चलेनन् दीपेन्द्र

हिमाल प्रेस २६ मंसिर २०८१ १०:४१ | Wednesday, December 11, 2024
किशोरको घातक बलिङले १२३ रनमा समेटियो सुदूरपश्चिम, चलेनन् दीपेन्द्र

काठमाडौँ- किशोर महतोको घातक बलिङका कारण जनकपुर बोल्ड्सले सुदूरपश्चिम रोयल्सलाई १२३ रनमा समेटेको छ। सुदूरपश्चिमलाई सस्तैमा समेट्न महतोले ४ ओभरमा ३५ रन खर्चिएर ४ विकेट लिएका थिए।

टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले उत्कृष्ट सुरुवात गरे पनि मध्यम र अन्त्यतिर समालिन सकेन। सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२३ रन बनायो।

सुदूरपश्चिमका लागि ओपनर विनोद भण्डारीले बनाएको ३३ रन नै सबैभन्दा बढी रहन गयो। उनले ३७ बलमा ३ चौका र १ छक्का बनाएर बाहिरिएका थिए। अर्का ओपनर साइफ जैवले २१ रन थपे।

इसान पाण्डेले १७ रन बनाउँदा ब्रान्डम म्याकमुलनले ११ रन बनाए। कप्तान दीपेन्द्रसिंह ऐरी शून्य रनमा क्याच आउट भए। जनकपुरका लागि महतोले ४ विकेट लिँदा शेर मल्ल र अरनिको यादवले समान २-२ विकेट लिए। हर्स टाकेरले १ विकेट लिए।

प्रकाशित: २६ मंसिर २०८१ १०:४१ | Wednesday, December 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast