कालिमाटीमा तरकारी : लौका ९५, तीतेकरेला ११० [अरू कति]

हिमाल प्रेस ७ पुष २०८१ ९:४६ | Sunday, December 22, 2024
कालिमाटीमा तरकारी : लौका ९५, तीतेकरेला ११० [अरू कति]

काठमाडौँ- कालिमाटी तरकारी थोक बजारमा आइतबार ठूलो गोलभेडा ९५ रुपैयाँ प्रतिकिलो थोकमा बिक्री भएको छ।

यस्तै लोकल सानो गोलभेडा ६०, रातो आलु ५७.६७, सेतो आलु ५१, प्याज ७१, गाजर लोकल ९५, गाजर तराई ९५, बन्दा लोकल ५५, बन्दा तराई ४५, बन्दा नरिवल ३५, स्थानीय काउली ७५, स्थानीय काउली ज्यापु ९५, तराई काउली ५०, सेतो मुला ४५, लाम्चो भान्टा ७१.६७, डल्लो भान्टा ९५, तने बोडी १२५, मटरकोशा १७५, घिउसिमी ११० र टाटे सिमी ८५ रुपैयाँ प्रतिकिलोम बिक्री भएको छ।

यस्तै तीते करेला ११०, लौका ९५, परवर लोकल ९५, परवर तराई १२५, पाकेको फर्सी ५५, हरियो फर्सी लाम्चो ४५, हरियो फर्सी डल्लो ४५, भिण्डी १३०, बरेला ६५, पिडालु ८५, स्कुस ३०, रायो साग ३५, पालुंगो साग १०५, चमसुरको साग १०५, तोरीको साग ४५, मेथीको साग १०५, हरियो प्याज ९५, बकुल्ला ११०, तरुल ७५, कन्ये च्याउ १६३.३३, डल्ले च्याउ ३७६.६७, राजा च्याउ २९०, सिताके च्याउ ७५०, ब्रोकाउली ९५ र भेडे खुर्सानी ९५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ।

शनिबार पालुंगो र चमसुरको साग प्रतिकिलो ५५ र मेथीको साग ६० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको थियो।

प्रकाशित: ७ पुष २०८१ ९:४६ | Sunday, December 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast