कलाकार जेडी तमू सम्मानित

हिमाल प्रेस १६ पुष २०८१ १६:३७ | Tuesday, December 31, 2024
कलाकार जेडी तमू सम्मानित

काठमाडौँ- तमू ल्होसारमा कोरियोग्राफर, निर्देशक तथा कलाकार जेडी तमू (जगदीश गुरुङ) सम्मानित भएका छन्। टुँडिखेलमा आयोजित तमू ल्होसार महोत्सव-२०८१ मा तमू ह्यूल छोजधी गुरुङ राष्ट्रिय परिषद काठमाडौँले उनलाई सम्मान गरेको हो।

तमूले कला क्षेत्रमा गरिरहेको कामको मूल्याङ्कनस्वरुप सम्मान गरेको आयोजकले जनाएको छ। इलाम गुरुङ समाज काठमाडौँका केन्द्रीय सदस्यसमेत रहेका जेडी यस वर्ष समाजका प्रतिनिधित्वका रुपमा सम्मानित भएका हुन्।

जेडी तमू विगत १६ वर्षदेखी कला क्षेत्रमा काम गरिरहेका छन। उनी इलामको सन्दकपुर गाउँपालिका-५ जमुनामा जन्मिएका हुन्। भारतबाट डान्समा डिप्लोमा गरेका जेडी अहिले नेपालका स्कुल तथा थिएटरमा नृत्य प्रशिक्षण दिइरहेका छन्।

प्रकाशित: १६ पुष २०८१ १६:३७ | Tuesday, December 31, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast