एसीसी यू १९ महिला एसिया कप : नेपाल पाकिस्तानसँग पहिलो खेल खेल्दै

हिमाल प्रेस १ पुष २०८१ ८:४२ | Monday, December 16, 2024
एसीसी यू १९ महिला एसिया कप : नेपाल पाकिस्तानसँग पहिलो खेल खेल्दै

काठमाडौँ- मलेसियामा शनिवारबाट सुरु भएको एसीसी यू १९ महिला एसिया कपका नेपाली युवा टोलीको पहिलो खेल आज रहेको छ।

मलेसियाको क्वालालाम्पुरमा नेपालले पाकिस्तानको यू १९ टोलीको सामना गर्दैछ। पहिलो पटक आयोजना भईरहेको यू १९ महिला एसिया कपमा नेपालले आफ्नो पहिलो खेल खेल्दैछ। पाकिस्तानको टोलीले भने दोस्रो खेल खेल्दैछ। पाकिस्तानको टोली आइतवार भारत यू १९ को टोलीसँग ९ विकेले पराजित भएको थियो।

पहिलो पटक आयोजना भईरहेको एसिया कपमा नेपालले दोस्रो खेलमा भारतसँग पुस २ गत (डिसेम्बर १७) प्रतिस्पर्धा गर्नेछ।प्रतियोगिताको समूह ‘ए’ मा श्रीलंका, बंगलादेश र मलेसिया रहेका छन्। एसियाबाट यू १९ महिला विश्व कपमा छनोट भएकाले नेपालले एसिया कपमा मौका पाएको हो।

यू १९ महिला विश्व कप आगामी बर्षको जनवरीमा मलेसियामा नै आयोजना हुँदैछ। विश्व कपमा नेपाल अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्डसँग समूह ‘डी’ मा रहेको छ।

प्रकाशित: १ पुष २०८१ ८:४२ | Monday, December 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast