एनपीएल : जित्नैपर्ने दबाबमा लुम्बिनी, अंक थपेर ‘प्ले अप’ सम्भावना सहज बनाउने दाउमा काठमाडौँ

हिमाल प्रेस २६ मंसिर २०८१ ७:१० | Wednesday, December 11, 2024
एनपीएल : जित्नैपर्ने दबाबमा लुम्बिनी, अंक थपेर ‘प्ले अप’ सम्भावना सहज बनाउने दाउमा काठमाडौँ काठमाडौँ गुर्खाजका कप्तान करण केसी र लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल। फाइल तस्बिर

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबार दिनको दोस्रो खेलमा लुम्बिनी लायन्सले काठमाडौं गुर्खाजको सामना गर्दैछ। र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो १ बजे सुरु हुनेछ।

करण केसीको कप्तानीमा रहेको काठमाडौँले तीन खेल खेल्दा एक खेलमा मात्र जित हासिल गरेको छ। दुई अंकसहित टोली तालिकाको छैटौं स्थानमा छ।

रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले काठमाडौँभन्दा दुई खेल बढी खेलेको छ। लुम्बिनीका लागि बुधबार छैटौं खेल हुनेछ। लुम्बिनीको पनि समान दुई अंक नै छ। प्लेअफको झिनो आस बोकेको लुम्बिनीलाई जितबाहेक अन्य विकल्प छैन। शीर्ष चारमा रहेका टोलीहरुले ६ अंक बटुलिसकेका छन् ।

लुम्बिनीविरुद्धको हारले काठमाडौँको प्लेअफ यात्रालाई गाह्रो बनाउन सक्छ। फेरि काठमाडौँले लुम्बिनीपछि बिहीबार शीर्ष स्थानको जनकपुर बोल्ट्सको सामना गर्नेछ। जुन खेलमा काठमाडौलाई सकारात्मक नतिजा निकाल्न गाह्रो पर्न सक्छ। किनभने जनकपुरले जारी एनपीएलमा एक खेल पनि हारेको छैन।

त्यसैले काठमाडौ आफ्नो यात्रालाई सहज पार्ने हो भने सबैभन्दा धेरै खेल हारेको लुम्बिनीविरुद्ध जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रिनेछ।

प्रकाशित: २६ मंसिर २०८१ ७:१० | Wednesday, December 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast