एनपीएल : छ खेलमा पाँच हारसहित लुम्बिनी प्लेअफ दौडबाट बाहिरियो

हिमाल प्रेस २६ मंसिर २०८१ १७:०२ | Wednesday, December 11, 2024
एनपीएल : छ खेलमा पाँच हारसहित लुम्बिनी प्लेअफ दौडबाट बाहिरियो

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्स काठमाडौँ गुर्खाजसँग पराजित भएको छ। यो नतिजासँगै लुम्बिनी फ्लेअफ दौडबाट बाहिरिएको छ। लुम्बिनीले अब अन्तिम खेल शुक्रबार कर्णाली याक्ससँग खेल्नेछ।

त्रिवि किक्रेट मैदानमा बुधबार काठमाडौँले दिएको १ सय ४ रनको झिनो लक्ष्य पछ्याएको लुम्बिनी १९.२ ओभरमा ८५ रनमा अल आउट भएको थियो। लुम्बिनीका लागि सन्दीप जोराले सर्वाधिक २६ रन बनाएका थिए।

त्यसअघि टस जितेर ब्याटिङ गरेको काठमाडौँ १९.२ ओभरमा १ सय ३ रनमा अल आउट भएको थियो। काठमाडौँका लागि भीम सार्कीले सर्वाधिक ३१ रन बनाएका थिए। प्रतियोगिताअन्तर्गत बिहीबार २ खेल हुनेछ। पहिलो खेलमा बिहान ९ बजे पोखरा एभेन्जर्स र विराटनगर किंग्सबीच हुनेछ। यसैगरी दोस्रो खेलमा जनकपुर बोल्ट्स र काठमाडौँ गुर्खाजबीच हुनेछ।

लुम्बिनीको ६ खेलमा ५ मा हार र १ मा जित सहित २ अंक छ। लुम्बिनी यसअघि विराटनगर किंग्स, पोखरा एभेन्जर्स, सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्ससँग पराजित भएको थियो भने चितवनसँग विजयी भएको थियो।

प्रकाशित: २६ मंसिर २०८१ १७:०२ | Wednesday, December 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast