एनपीएलमा आज : काठमाडौँ र विराटनगर, सुदूरपश्चिम र पोखरा भिड्दै

हिमाल प्रेस ३० मंसिर २०८१ ७:०८ | Sunday, December 15, 2024
एनपीएलमा आज : काठमाडौँ र विराटनगर, सुदूरपश्चिम र पोखरा भिड्दै

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल)मा आइतबार दुई खेल हुँदैछ। त्रिवि मैदान कीर्तिपुरमा बिहान ९ बजे काठमाडौं गुर्खाज र विराटनगर किंग्स खेल्दैछ। दिउँसो १ बजे सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स खेल्दैछन्।

आजको खेल काठमाडौँका लागि महत्त्वपूर्ण छ। अंक तालिकामा पाँचौं स्थानमा रहेको काठमाडौँलाई प्लेअफ सम्भावना कायमै राख्न आजको खेल जित्नैपर्नेछ।

जितेको खण्डमा चौथो स्थानमा रहेको कर्णाली याक्ससँग काठमाडौँको अंक बराबरी ८ हुनेछ। कर्णालीले अन्तिम खेल भोलि सुदूरपश्चिमसँग खेल्न बाँकी छ। सुदूरपश्चिमसँग पराजित भए र आजको खेलमा काठमाडौँ विजयी भए काठमाडौंको सम्भावना रहन्छ।

काठमाडौँ पराजित भएको खण्डमा प्लेअफमा जाने टोलीको आजै टुंगो लाग्नेछ। विराटनगर र पोखरा यसअघि नै लिगबाट बाहिरिसकेका छन्। शनिबार चितवन राइनोजले जनकपुर बोल्ट्सलाई हराएसँगै विराटनगर र पोखरा प्लेअफ होडबाट बाहिरिएको हो।

लुम्बनी लायन्स त्यो भन्दा अगाडि नै प्रतियोगिताबाट बाहिरिएको थियो। जनकपुर तालिकाको शीर्ष स्थानमा छ। दुई खेल बाँकी रहेको सुदूरपश्चिम दोस्रो स्थानमा छ। तेस्रो स्थानमा चितवन र चौथोमा कर्णाली छ।

प्रकाशित: ३० मंसिर २०८१ ७:०८ | Sunday, December 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast