एनपीएलमा आज आरिफ भर्सेस आसिफ : शीर्ष बन्ने प्रतिस्पर्धामा सुदूरपश्चिम र जनकपुर

हिमाल प्रेस २६ मंसिर २०८१ ६:५० | Wednesday, December 11, 2024
एनपीएलमा आज आरिफ भर्सेस आसिफ : शीर्ष बन्ने प्रतिस्पर्धामा सुदूरपश्चिम र जनकपुर

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) मा आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सको खेल हुँदैछ।

मधेश प्रदेशको प्रतिनिधित्व गरिरहेको जनकपुर र सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गरिरहेको सुदूरपश्चिम रोयल्स शीर्षमा रहँदै प्ले अप पुग्ने प्रतिस्पर्धामा छन्।

यी दुई टोली जारी एनपिएलकै हाइलाइटेड टोलीहरु हुन्। यो खेल किन पनि चर्चामा छ भने एकै परिवारका दुई दाजुभाइ आरिफ सेख र आसिफ सेखबीच पनि प्रतिस्पर्धा हुनेछ। आरिफ सुदूरपश्चिमबाट र आसिफ जनकपुरबाट प्रतिनिधित्व गर्छन्। आसिफ जनकपुरका मार्की खेलाडी पनि हुन्। आजको खेल यी दुई दाजुभाइका कारण पनि चर्चामा छ।

जनकपुर अपराजित एक मात्र टोली हो। चार खेलमा स्पष्ट आठ अंक जोडेको जनकपुर तालिकाको शीर्ष स्थानमा छ। सुरुआती तीन खेलमा जित हासिल गरेको सुदूरपश्चिम ६ अंकका साथ दोस्रो स्थानमा छ। बुधबार जनकपुरलाई हराए सुदूरपश्चिम नेट रनरेटका आधारमा शीर्ष स्थानमा उक्लनेछ।

खेल बिहान ९ बजे सुरु हुनेछ ।

प्रकाशित: २६ मंसिर २०८१ ६:५० | Wednesday, December 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast