एनपीएल : विराटनगरले टस जितेर बलिङ रोज्यो, कर्णालीले ब्याटिङ गर्ने

हिमाल प्रेस २२ मंसिर २०८१ १२:५२ | Saturday, December 7, 2024
एनपीएल : विराटनगरले टस जितेर बलिङ रोज्यो, कर्णालीले ब्याटिङ गर्ने कर्णाली याक्सका खेलाडी।

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल)मा सातौं दिनको दोस्रो खेलमा कर्णाली याक्सविरुद्ध विराटनगर किंग्सले टस जितेको छ।

कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले बलिङ रोजेका हुन्।

दुवै टोली चौथो खेल खेल्दैछन्। दुवै दोस्रो जितको खोजीमा छन्। सुरुवाती दुवै खेल हारेका दुवैले पछिल्लो खेलमा भने जित हात पारेका थिए।

विराटनगर पहिलो खेलमा जनकपुर बोल्ट्स र अर्कोमा सुदूरपश्चिमसँग पराजित भएको थियो। तेस्रोमा टोलीले लुम्बिनीलाई हराएको थियो।

कर्णाली सुरुको दुई खेलमा जनकपुर बोल्ट् र काठमाडौंसँग पराजित भएको थियो। तेस्रो खेलमा कर्णालीले चितवन राइनोजलाई हराएको थियो।

नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा ८ टोलीको सहभागिता रहेको एनपीएल पुस ६ गते सम्म चल्ने छ। राउन्ड रोबिन लिगपछि शीर्ष ४ टोली प्लेअफमा प्रवेश गर्नेछन्।

* शीर्षक सच्याइएको

प्रकाशित: २२ मंसिर २०८१ १२:५२ | Saturday, December 7, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast