अस्थिर राजनीतिको असर अर्थतन्त्रमा देखियो : सञ्चारमन्त्री गुरुङ

हिमाल प्रेस २९ मंसिर २०८१ १५:२७ | Saturday, December 14, 2024
अस्थिर राजनीतिको असर अर्थतन्त्रमा देखियो : सञ्चारमन्त्री गुरुङ सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ। फाइल तस्बिर।

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अस्थिर राजनीतिको असर मुलुकको अर्थतन्त्रमा देखिएको बताएका छन्।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को आज आयोजित १५औँ वार्षिक साधारणसभामा उनले अस्थिर राजनीतिको प्रतिच्छायाले अर्थतन्त्र ओझेलमा परेको बताए।

‘राजस्व लक्ष्यअनुसार संकलन हुन सकेको छैन। भन्सारमा आधारित राजस्व प्रणाली रहेकाले मागमा कमी आउँदा संकलन घट्नुका साथै पुँजीगत खर्च पनि कमजोर भएको छ’, उनले भने।

खर्च प्रणालीलाई व्यवस्थित र सहज बनाउन सार्वजनिक खरिद ऐन संशोधनका लागि प्रयास भइरहेको सञ्चारमन्त्रीले बताए। दूग्ध र उखु किसानलाई सरकारले यथाशीघ्र भुक्तानी दिने उनले कार्यक्रममा भने।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानीकर्ताको मनोबल बढाउन सरकारस्तरमा भएका प्रयासको सर्हाना गर्दै निजी क्षेत्रले पनि सरकारसँग साझेदारी गर्ने बताए।

उनले उद्योगी-व्यवसायी बैंकको ऋण तिर्न नसकेर कालोसूचीमा पर्ने स्थिति उत्पन्न हुन नदिन सरकारले बनाएका नीति प्रभावकारी कार्यान्वयन गर्न सबै पक्ष र सरोकार भएका निकाय जिम्मेवार हुनुपर्नेमा जोड दिए।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले सरकारका नीतिहरूलाई स्थिरता प्रदान गरी लगानी र व्यवसायका समस्या समाधान गर्नुपर्ने बताए।

प्रकाशित: २९ मंसिर २०८१ १५:२७ | Saturday, December 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast