अमेरिकी पूर्वराष्ट्रपति कार्टरको निधनमा राष्ट्रपति पौडेलद्वारा दु:ख व्यक्त

हिमाल प्रेस १५ पुष २०८१ १४:२० | Monday, December 30, 2024
अमेरिकी पूर्वराष्ट्रपति कार्टरको निधनमा राष्ट्रपति पौडेलद्वारा दु:ख व्यक्त तस्बिर साभार : कार्टर सेन्टर

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टरको निधनप्रति दु:ख व्यक्त गरेका छन्। पौडेलले सय वर्षको उमेरमा निधन भएका नोबल पुरस्कार बिजेतासमेत रहेका कार्टर विश्वको शान्ति, मानव अधिकार र परोपकारका लागि प्रेरणा रहेको स्मरण गरेका हुन्।

उनले भनेका छन्, ‘अमेरिकाका पूर्वराष्ट्रपति तथा नोबल पुरस्कार बिजेता जिमी कार्टरको निधनले म दुःखी छु। शान्ति, मानवअधिकार र परोपकारमा उहाँको योगदान विश्वका लागि प्रेरणा बनेको छ। उहाँको परिवार र अमेरिकी जनताप्रति मेरो हार्दिक समवेदना छ।’

१९२४ अक्टोबर १ मा जन्मिएका उनी १९९७ देखि २०८१ सम्म अमेरिकाको राष्ट्रपति बनेका थिए।  अमेरिकाका ३९ औँ राष्ट्रपति कार्टरले संसारमा लोकतन्त्र र मानवअधिकार रक्षाका लागि पनि विशेष योगदान दिएका थिए। उनी कार्टर सेन्टरमार्फत मानवअधिकार अभियानमा सक्रिय थिए।

यसैगरी विभिन्न देशको चुनाव अनुगमनमा पनि उनको कार्टर सेन्टरले मिसन पठाउँदै आएको छ। नेपालमा भएको पहिलो संविधानसभा चुनाव २०६४ को अनुगमनमा कार्टर आफैँ नेपाल आएका थिए। त्यस्तै २०७० को निर्वाचनमा पनि उनी दोस्रोपटक नेपाल आएका थिए।

प्रकाशित: १५ पुष २०८१ १४:२० | Monday, December 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast