‘शिक्षा ऐन निर्माणमा ईसीडीको विषयलाई विशेष ध्यान दिनुपर्छ’

हिमाल प्रेस २७ मंसिर २०८१ १२:३९ | Thursday, December 12, 2024
‘शिक्षा ऐन निर्माणमा ईसीडीको विषयलाई विशेष ध्यान दिनुपर्छ’

काठमाडौँ- प्रारम्भिक बालविकास विज्ञ डा.मिनाक्षी दाहालले शिक्षाको जग प्रारम्भिक बाल कक्षा भए पनि विद्यालय शिक्षा विधेयक–२०८० मा कक्षा १ देखि भनेर प्रारम्भिकलाई छुट्याएकोमा असन्तुष्टि व्यक्त गरेकी छन्।

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिले बुधबार विधेयकमाथि सरोकारवालाहरूसँग गरेको छलफलमा भाग लिँदै डा.दाहालले सो कुरा बताएकी हुन्।

उनले भनिन्,‘प्रारम्भिक बाल शिक्षा, शिक्षाको जग हो, त्यसैले ऐन निर्माणमा ईसीडीको विषयलाई विशेष ध्यान दिनुपर्छ। ईसीडी कक्षाका शिक्षकलाई पूर्व सेवा तालिम अनिवार्य गर्ने एवं उनीहरूको नियमित रूपमा शारिरीक तथा मानसिक स्वास्थ्य परीक्षण गर्नुपर्छ।’

यसअघि समितिको सोमबारको बैठकमा ईसीडी कस्तो हुने? ईसीडीको शिक्षकलाई शिक्षक मान्ने कि? सहजकर्ता मान्ने? बारेमा बहस भएको थियो।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले यस्ता विषय टुंग्याउन मन्त्रालयले छुट्टै कार्यदल बनाएर काम गरिरहेको जानकारी गराएकी थिइन्।

प्रकाशित: २७ मंसिर २०८१ १२:३९ | Thursday, December 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast