खानेपानी आयोजना अलपत्र, आकासे पानी शुद्धीकरण गरेर विद्यालयमा प्रयोग

हिमाल प्रेस १४ मंसिर २०८१ ९:३३
16
SHARES
खानेपानी आयोजना अलपत्र, आकासे पानी शुद्धीकरण गरेर विद्यालयमा प्रयोग सांकेतिक तस्बिर।

खोटाङ- खानेपानीको चरम अभाव रहेको हलेसी तुवाचुङ नगरपालिका-३ स्थित च्यास्मिटार माध्यमिक विद्यालयमा अकासे पानी शुद्धीकरण गरेर प्रयोग गर्न थालिएको छ।

विद्यालयका प्रधानाध्यापक तेजकुमार राईका अनुसार नगरपालिको पहलमा ‘वेस्ट वाटर’ संस्था र विद्यालयबीचको साझेदारीमा आकाशबाट परेको पानीलाई जम्मा गरी छानेर पिउनयोग्य बनाइएको छ।

वर्षात्को पानीलाई ३० हजार लिटरका तीनवटा ट्याङ्कीमा जम्मा गरिएको छ। उक्त संस्थाको १२ लाख र विद्यालयको एक लाख ९० हजारको लागतमा शुद्धीकरण उपकरण जडान गरिएको हो।

उक्त संस्थाले गत आइतबार विद्यालयलाई औपचारिक रूपमा खानेपानी योजना हस्तान्तरण गरेको छ। नगरपालिकाको ११ वटा वडामा वर्षौँदेखि खानेपानीको समस्या छ।

स्थानीयवासी ट्रयाक्टर तथा गाग्रीमा दूधकोशीबाट बोकेर ल्याएको पानी उपभोग गर्न बाध्य छन्। चार हजार आठ सय ९७ उपभोक्ता दूधकोशी नदीको पानी लिफ्ट गरेर वितरण गर्नेगरी सञ्चालित ‘बृहत् हलेसी लिफ्टिङ खानेपानी आयोजना’ अलपत्र छ।

सरकारको ९६ करोड ४५ लाख चार हजार एक सय ३८ लागतमा सम्पन्न गर्नेगरी २०७४ सालदेखि निर्माण सुरु भएको यो आयोजनाको काम अन्तिम चरणमा पुगेपछि अलपत्र भएको हो।

प्रकाशित: १४ मंसिर २०८१ ९:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast