प्रादेशिक अस्पताल जलेश्वरका उपकरण प्रयोगविहीन

हिमाल प्रेस ७ मंसिर २०८१ १५:२४
8
SHARES
प्रादेशिक अस्पताल जलेश्वरका उपकरण प्रयोगविहीन

महोत्तरी– जलेश्वरस्थित प्रादेशिक अस्पतालमा खरिद गरिएको रु. दुई करोड ५५ लाख ५२ हजारको उपकरण प्रयोगविहीन बनेको छ। चार वर्षदेखि पाँच थान भेन्टिलेटर, बेड सेट, मोनिटर, ईको र आइसियु सेट प्रयोगविहीन छन्।

चार वर्ष अघि कोरोना नियन्त्रणका लागि उक्त उपकरण खरिद गरी ५० शय्याको कोभिड विशेष अस्पताल सञ्चालन गरिएको थियो। तर कोरोना महामारीको बेला पनि भेन्टिलेटर र आइसियु सञ्चालनका लागि दक्षजनशक्ति नभएपछि अस्पतालले रु. दुई करोड ५० लाख बढीका ती उपकरण प्रयोगविहीन बनेका हुन्।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रभातकुमार गामीले दक्ष जनशक्ति (दरबन्दी) को अभावमा उपकरण प्रयोग गर्न नसकिएको बताए। उनले हाल अस्पतालमा आईसियु सञ्चालन र विशेषज्ञ चिकित्सक भर्नाको लागि प्रदेश सरकार र स्वास्थ्य मन्त्रालयसँग पहल गरिरहेको बताए।

प्रकाशित: ७ मंसिर २०८१ १५:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast