महिनावारीका बेला यौन सम्पर्क सही कि गलत?

हिमाल प्रेस २८ कार्तिक २०८१ ७:५०
108
SHARES
महिनावारीका बेला यौन सम्पर्क सही कि गलत?

काठमाडौँ- महिनावारी प्राकृतिक प्रकृया हो। शरिरलाई मजबुत बनाउँदै लैजान महिनावारी अनिवार्य हो। यति मात्र होइन, महिनावारी महिलाका लागि सुखद र दु:खद दुवै क्षण हो। महिनावारीमा रक्तश्राप हुने भएकाले पीडा महसुस हुन्छ। सुखद यसकारण कि महिनावारी नभए महिलाको प्राकृतिक प्रकृया नै रोकिन्छ। महिनावारीसँग जोडेर हेरिने अर्को विषय हो, यौन।

यौन आवश्यकता युवायुवतीमा हुने एउटा प्राकृतिक आवश्यकता हो। भिन्नभिन्न पृष्ठभूमिले गर्दा कोही मान्छे यौनमा बढी भोगी हुन्छन् भने कोही यस मामलामा कम इच्छुक हुने गर्छन्। तर यो सबैको लागि अनिवार्य र आवश्यक कुरा हो। महिनावारीका बेला यौनसम्पर्क गर्नेनगर्ने यो प्रश्न अहिले पनि रहेको छ।

अधिकांशलाई यौनमा देखिने दुख र उदासिपन हटाउने उपाय थाहा नहुन सक्छ। धेरैको बुझाइ यो हुन्छ कि यौन सम्पर्कको क्रममा अत्यधिक दुखाइ हुन्छ र त्यसबाट छुटकारा पाउन पनि सकिँदैन भन्ने चलन छ।

२४ वर्षीया जेस भन्छिन् ‘यस्ता त्रसित बनाउने कुराहरु मैले पनि धेरै सुनेको थिएँ। तर मेरो अनुभव त्यो रहेन। मेरो अनुभवमा सावधान र आत्मीय जीवनसाथी या प्रेमीसँग यौन सम्पर्क राख्दा त्यस्तो पीडा विल्कुल भोग्नु पर्दैन।’

हनाह विटनले युट्युब च्यानलमा यौन सम्बन्धी विविध कुराबारे छलफल गर्छिन्। यौन सम्पर्कको क्रममा हुने दुखाइको बारेमा उनी भन्छन्, ‘धेरै महिलाले यौनको समयमा दुखाइ भोग्नुपर्दैन किनकि सेक्समा दुखाइ निहीत हुन्छ।’ बरु यसो भन्न सकिन्छ कि यौन सम्पर्कको क्रममा महिलामा दुखाइ बढ्छ भने त्यो त्यसमा हामीले यौन सम्पर्क राख्न जानेनौं भन्ने पनि बुझ्न सकिने उनी बताउँछन्।

यो स्पष्ट छ कि सेक्समा धेरै अवस्था पीडादायी हुन्छ। यदि तपाईं शारीरिक सम्बन्धको समयमा दुखाइ सामना गर्नुहुन्छ भने यो एक गम्भीर समस्या हो। रोयल कलेज अफ आब्स्टिट्रेसन एन्ड गायनोकोलोजिस्ट (आरसीओजी) का प्रवक्ता स्वाति झा भन्छिन्, ‘योनीमा पीडा आफ्नै शारीरिक कारणले पनि हुन सक्छ। कहिलेकाहीँ लेटेक्स कण्डम या साबुनका कारण पनि जलन हुन सक्छ।’ यस्तो भएमा तुरुन्त उपचार गराउन जानुपर्ने उनको तर्क छ।

यद्यपि ग्लासगो विश्वविद्यालयका वरिष्ठ रिसर्च फेलो डा क्रिस्टिन मिशेल भने यौन दुखाइमा पूर्ण रूपमा मनोवैज्ञानिक र सामाजिक कारणहरू रहेको बताउँछन्। क्रुस्टिनले २०१७ मा गरेको एउटा अध्ययनले १६ देखि २४ वर्ष उमेरसम्म्का महिलामध्ये १० प्रतिशतमा यौनसम्पर्कको क्रममा दुखाइको सामना गर्नुपरेको पाइएको थियो।

जानकारहरु महिलाले आफूले चाहेको जस्तो यौनसम्पर्क गर्न नपाउँदा, मन नलागी नलागी यौनसम्पर्क गर्नुपर्दा र पर्याप्त मात्रामा यौनसम्पर्कबाट आनन्द लिन नसकेको अवस्थामा यो पीडा दायक हुने गर्छ। कतिपय महिलाले आफू महिला भएकोले पनि यौन सम्पर्कमा पीडा भएको हो भन्ने तर्कका कारण पनि धेरै महिलाले यौन सम्पर्कमा आनन्द लिन सकेका छैनन्। एजेन्सी

प्रकाशित: २८ कार्तिक २०८१ ७:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast