कैलालीमा कुटपिटबाट एक जनाको मृत्यु

हिमाल प्रेस २६ कार्तिक २०८१ १९:४८
16
SHARES
कैलालीमा कुटपिटबाट एक जनाको मृत्यु

कैलाली- कुटपिट घटनामा घाइते भएका कैलालीको गौरीगंगा नगरपालिका-११ का ३० वर्षीय सुरेश भुलको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कविन्द्रसिंह बोहराका अनुसार कुटपिटबाट घाइते भुलको धनगढीस्थित निसर्ग अस्पतालमा उपचारका क्रममा आज (सोमबार) मृत्यु भएको हो।

कुटपिटमा संलग्न आरोपमा सोही ठाउँका धर्म विक, विशाल विक, जंग भुल, प्रकाश भुल र रमा रावललाई प्रहरीले पक्राउ गरेको छ। मृतक भुल सूचनाको हकका लागि राष्ट्रिय महासंघ कैलालीको सदस्य र राष्ट्रिय दलित पत्रकार संघका जिल्ला सहसचिव रहेको जनाइएको छ।

राष्ट्रिय दलित पत्रकार संघ कैलालीले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घटनामा संलग्न माथि कारबाही गर्न माग गरेको छ। बाख्रा चोरेको आरोपमा भुललाई शनिबार राति सोही ठाउँमा सामूहिक कुटपिट गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रवक्ता बोहराले बताए।

प्रकाशित: २६ कार्तिक २०८१ १९:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast