कथा चोरीको आरोप लागेपछि यसाे भन्छन् ‘पूर्ण बहादुरको सारङ्गी’ का निर्माता

हिमाल प्रेस २५ कार्तिक २०८१ १३:४६
28
SHARES
कथा चोरीको आरोप लागेपछि यसाे भन्छन् ‘पूर्ण बहादुरको सारङ्गी’ का निर्माता

काठमाडौँ- प्रदर्शनरत फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ को कथा उपन्याससँग मेल खाएको भन्दै विवादित बनिरहेको छ।  उपन्यास ‘सङ्ग्रामपुर’का लेखक डा. शिवशंकर बस्यालले उपन्यासको कथा र फिल्मलाई तुलना गर्दै फेसबुकमा स्टाटस लेखेपछि विवाद बढेको हो। उपन्यासका लेखक बस्यालले फिल्म हेरेपछि स्टाटसमा फिल्मसँग मिलेको भन्दै ९ बुँदामा केलाएका छन्।  उनले  पुस्तकका केही पेजका फाेटाे पनि सार्वजनिक गरेका छन्।  उनकै शब्दमा

१ पूर्णबहादुर र कमल चलचित्रका दुई मात्र मूलपात्र हुन्। जसरी सङ्ग्रामपुर उपन्यासमा रूपमान र समीर।

२ पूर्णबहादुरको स्त्री बिछोडको रहस्यमयी प्रसङ्ग संग्रामपुरमा रुपमानको स्त्री बिछोडको प्रसङ्ग जस्तै रहस्यमयी छ।

३ छोराको पालनपोषणमा दिलोज्यान मरिमेटी पूर्णबहादुरको शैली रुपमान सङ मिल्दा छन्।

३ आमाको रहस्यमय कथा पूर्णबहादुरका अगाडि कमलले सोधेजस्तै पटकपटक रूपमानलाई समिरले निरन्तर सोधिरहने प्रसङ मिल्दो छ।

४ जसरी कमललाई विद्यालयका प्रधानाध्यापकले समाजको निम्न जात भनेर अपमान गरेर व्यङ्ग्य गरेका छन, समिर लगायत रूपमानलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्थात मुखिया र छोराले उस्तै शैलीमा अपमानित गरेका छन।

५ पूर्णबहादुरको सारङ्गीको कमल पनि सङ्ग्रामपुर उपन्यासको समिर जस्तै टप विद्यार्थी हुनु।

६ त्यही टप भएको खबर सङ्ग्रामपुर उपन्यासको समिरकै शैलीमा दौडिदै पूर्णबहादुरको सारङ्गीमा कमलले उही भावमा बाबुलाई खबर बताउनु।

७ संग्रामपुर उपन्यासको समीरले जस्तै पूर्णबहादुरको सारङ्गीको कमल गन्धर्वले मेडिकलमा नाम निकाल्नु ।

८ बालाई आर्थिक जोहो गर्न कठिन हुन्छ भनेर सङ्ग्रामपुर उपन्यासको समिरले मेडिकल पढ्न नखोजेजस्तै कमल गन्धर्वले पनि यही भावले मेडिकल पढ्न जान नखोज्नु।

९ रुपमानकै जोर जबरजस्तीले समीर मेडिकल पढ्न गए जस्तै पूर्ण बहादुरकै जबरजस्तीले कमल मेडिकल पढ्न जानु।

निर्माता विनोद पौडेलकाे स्पष्टीकरण: समाजकै कथा भएकोले संयोग हुनसक्छ

फिल्मका निर्माता विनोद पौडेलले भने कथा चाेरेकाे नभएर समाजकै कथा भएकोले संयोग भएको हुनसक्ने स्पष्टीकरण दिएका छन्। फिल्मको कथा धेरैको जीवनसँग मेल खाएको भन्दै सकारात्मक प्रतिक्रिया आइरहेको समयमा चाेरीकाे आराेप लाग्नु षडयन्त्र भएको भन्दै उनले स्टाटसबाट नै कानुनी प्रक्रियामा जान आग्रह समेत गरेका छन्।

पूर्ण बहादुरको सारङ्गीको सबैभन्दा सशक्त पक्ष भनेकै यसको कथा हो। पूर्ण बहादुरको पात्रको भोगाइ तपाईलाई आफ्नो भोगाई या आफ्नो माता पिताको भोगाईझैँ लाग्न सक्छ। धेरैले यो त हुबहु मेरो जीवनमा मिल्यो धन्यवाद सारै राम्रो चलचित्र बनाउनुभयो भन्नुभएको छ। अब त्यो बेला अलिक क्रान्ति गर्ने वा राजनीति गर्ने भनेकै शिक्षकहरुको बाहुलियता थियो मास्टरसाब को जस्तै। अहिले त गरिबी र विभेदको कारण असमानता भोग्नपर्छ त्यो समयमा त पक्कै थियो किनकि त्यो समाजको चित्रण हो हामीले देखि आएको नै हो।बाउले सन्तानलाई पढाउन मैले जे दुःख पाए जे भोगे मेरो सन्तानले नभोगोस् भन्न कुरा सायद सबै माता पिता को हुन्छ होला त्यो अवस्थामा। यतिकै दर्शकको आँखाबाट आँशु झरेको छैन है यहि समाजको भोगाईको चित्रण हो जसले देख्नु भएको छ वा झेल्नु भएको छ त्यो कुरा दर्शकको आँशु बनि बगिरहेछन्। हाम्रो कथा साधारण छ। शायद हल्का फल्का मिल्न सक्ला किनकि यो कथा यहि समाजको हो तर यो चोरीको आरोप नलागाम न हो। यदि त्यस्तो लाग्छ भने प्रतिलिपि ऐनमा जानुहोस्।

प्रकाशित: २५ कार्तिक २०८१ १३:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 15 =