शिक्षा मन्त्रालयले बनायो प्रारम्भिक बाल शिक्षा सुधारको रणनीति

हिमाल प्रेस २५ कार्तिक २०८१ १३:०७
6.5k
SHARES
शिक्षा मन्त्रालयले बनायो प्रारम्भिक बाल शिक्षा सुधारको रणनीति

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय शिक्षा क्षेत्र योजना (२०७९–२०८८) जारी गर्दै प्रारम्भिक बाल शिक्षा सुधारबारे विभिन्न रणनीति बनाएको छ।

मन्त्रालयले विद्यालय शिक्षा क्षेत्र योजना (२०७९–२०८८) शुक्रबार आफ्नो वेबसाइटमा राखेको छ।

जसअनुसार प्रारम्भिक बाल शिक्षा तथा विकास कार्यक्रमको नक्साङ्कन, पुनर्वितरण तथा आवश्यक भएमा नयाँ स्थानमा प्रारम्भिक बाल विकास केन्द्र/कक्षा स्थापना गर्ने, आवश्यकतामा आधारित प्रारम्भिक बाल शिक्षा तथा विकास कार्यक्रमका विभिन्न नमुनाहरू (जस्तैः घरपरिवारमा आधारित, ससाना समूहमा वा कार्यस्थलमा आधारित घुम्ती केन्द्र) समेत विकास गर्ने विशेष गरी कठिन भौगोलिक रूपमा दुर्गम क्षेत्र, सङ्कटापन्न तथा सीमान्तकृत समुदायका बालबालिका र अपाङ्ग भएका बालबालिकालाई समेट्ने, प्रारम्भिक बाल शिक्षा तथा विकास कार्यक्रममा बालबालिका भर्ना भएको सुनिश्चित गर्न केन्द्रमा हिंसा, दुर्व्यवहारबाट सुरक्षित राख्न पर्याप्त प्रबन्ध गर्ने र विपत् तथा आपत्कालीन अवस्थामा समेत वैकल्पिक सिकाइ व्यवस्था गरी पूर्व प्राथमिक शिक्षालाई निरन्तरता दिने मन्त्रालयका रणनीति रहेका छन्।

त्यस्तै अन्य रणनीतिमा प्रारम्भिक बाल शिक्षा तथा विकास सेवाका न्यूनतम मापदण्डको कार्यान्वयन, अनुगमन तथा परिपालना गराउन स्थानीयस्तरमा स्रोत तथा मार्गदर्शन प्रदान गर्ने, सिकाइको लागि भौतिक तथा शैक्षिक वातावरणलाई बालमैत्री, समावेशी (लैङ्गिक/ अपाङ्गतामैत्री बनाउन प्रारम्भिक बाल विकास केन्द्र/कक्षालाई सहयोग गर्ने, बालबालिकाको पोषण तथा स्वास्थ्यसम्बन्धी आवश्यकता पूरा गर्न विद्यालयमा दिवा खाजाको प्रबन्धका साथै सम्बन्धित सरकारी तथा गैरसरकारी संस्थाहरूसँग सहकार्य र समन्वय गरी सुरक्षित पानी, सरसफाइ तथा स्वच्छता, जाँच परीक्षण तथा सिफारिस सेवा प्रदान गर्ने, प्रारम्भिक बाल शिक्षा तथा विकासका बालबालिकामा व्यक्तिगत सरसफाइ तथा सामाजिक सिप जस्ता समूह सिकाइ अभ्यासको प्रवर्धन गर्ने, सबै बालबालिकाको सिकाइ आवश्यकता सम्बोधन गर्दै प्रारम्भिक बाल शिक्षा तथा विकासको गुणस्तर सुनिश्चित गर्नका लागि पाठ्यक्रमलाई अद्यावधिक गर्ने तथा आवश्यक सिकाइ तथा खेल सामग्रीको प्रबन्ध तथा अनुकूलनका साथै शिक्षकको क्षमता विकास गर्ने, बालबालिकाको आवश्यकताअनुसार भाषिक विकास तथा सञ्चारका लागि माध्यम भाषाका रूपमा परिचित भाषाको प्रयोगमा सहजीकरण गर्न मातृभाषा र र वा स्थानीय भाषामा स्रोत सामग्रीहरूको विकास गर्ने रहेका छन्।

मन्त्रालयले उपलब्धिका रूपमा ५ वर्ष पुग्दा सबै बालबालिकाले गुणस्तरीय प्रारम्भिक बाल शिक्षा तथा विकास सेवा पूरा गरी कक्षा १ का लागि तत्पर भएको हुने र शिक्षा, स्वास्थ, पोषण र बाल सुरक्षासम्बन्धी एकीकृत सेवामा पहुँच वृद्धि गर्दै प्रारम्भिक बाल्यावस्थाका बालबालिकाको समग्र विकासका सूचकहरूमा सुधार भएको हुनुलाई लिएको छ।

प्रकाशित: २५ कार्तिक २०८१ १३:०७

प्रतिक्रिया

One thought on “शिक्षा मन्त्रालयले बनायो प्रारम्भिक बाल शिक्षा सुधारको रणनीति

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast