राष्ट्रिय फोटो पत्रकार समूहको अध्यक्षमा वन्त

हिमाल प्रेस २५ कार्तिक २०८१ ९:३४
32
SHARES
राष्ट्रिय फोटो पत्रकार समूहको अध्यक्षमा वन्त

काठमाडौँ- राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे)को अध्यक्षमा पुनः प्रदीपराज वन्त निर्विरोध चयन भएका छन्।

समूहको आज यहाँ आयोजित २७ औँ साधारणसभा तथा १३ औँ अधिवेशनले राष्ट्रिय समाचार समिति (रासस)का फोटो पत्रकार वन्तको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।

समूहको वरिष्ठ उपाध्यक्षमा लेखबहादुर श्रेष्ठ, महिला उपाध्यक्षमा चन्द्रकला क्षेत्री, प्रथम उपाध्यक्षमा सुनील शर्मा, उपाध्यक्षमा नारायण सिलवाल, महासचिवमा घनश्याम श्रेष्ठ, सचिवमा प्रविन कुलुङ राई र कोषाध्यक्षमा प्रदीप श्रेष्ठ चयन भएका छन्।

केन्द्रीय सदस्यमा सुशीलकुमार श्रेष्ठ, मुकुन्द कालीकोटे, रमिता छुँजु, हरिश सिंह नगाल, दीपेन्द्र महर्जन, अनुप प्रधान र सागर बस्नेत चयन भएका छन्। विसं २०५३ मा स्थापना भएको सो समूह फोटो पत्रकारको पहिलो छाता संगठन हो।

समूहले फोटो पत्रकारको व्यावसायिक हकहित, पेसागत सुरक्षा, क्षमता विकास र फोटो पत्रकारिताको विकासका लागि विविध कार्य गर्दै आइरहेको अध्यक्ष वन्तले जानकारी दिए।

प्रकाशित: २५ कार्तिक २०८१ ९:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast