म्यान्मारका प्रसिद्ध धर्म गुरु फा–उकद्धारा लुम्बिनी भ्रमण

हिमाल प्रेस २४ कार्तिक २०८१ २०:४३
42
SHARES
म्यान्मारका प्रसिद्ध धर्म गुरु फा–उकद्धारा लुम्बिनी भ्रमण

लुम्बिनी- म्यानमारका प्रसिद्ध बौद्ध धर्मगुरु फा–उक सयाडो भदन्त अचिन्नाले बुद्धजन्मस्थल लुम्बिनी भ्रमण गरेका छन्। म्यान्मारका प्रसिद्ध एवम् बौद्धधर्मका शिखर धर्मगुरु ९१ बर्षिय फा–उक सयाडोले बुद्धजन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरसँगै विहार क्षेत्र एवम् प्राचीन कपिलवस्तु क्षेत्रको भ्रमण गरेका हुन्। कात्तिक १८ गते लुम्बिनी आएका धर्मगुरुले मायादेवी मन्दिरको दर्शनसँगै ध्यान र पूजासमेत गरेका थिए।

यसैगरी लुम्बिनी गुरुयोजना क्षेत्रभित्र धर्मगुरुले सालको वृक्षरोपण गरे। बुद्धजन्मस्थल लुम्बिनी क्षेत्रसँगै धर्मगुरु फा–उकले प्राचीन कपिलवस्तुस्थित बुद्धले ज्ञानप्राप्तिपछि प्रथम पटक पिता शुद्धोदनलाई भेट गरेको कुदान निग्रोधाराम, कक्रुछन्द बुद्धको जन्मस्थल गोटिहवा, कनमुनि बुद्धको जन्मस्थल निग्लिहवाको भ्रमण गरेको भ्रमणटोलीका तारा राईले जानकारी दिइन्।

धर्मगुरुले बुद्धले ५ सय जना अरहन्त र असंख्य देवताहरूलाई महासम्मयसुत्त उपदेश दिएको महावन जंगलको समेत भ्रमण गरी बाणगंगा नदीको किनारमा पुगेर ध्यान गरे।

धर्मगुरुलाई लुम्बिनी र कपिलबस्तु क्षेत्रमा लुम्बिनी विकास कोषका लेखा अधिकृत भीम बस्नेत र सूचना शाखाका विकास लामाले जानकारी दिनुका साथै सहजीकरण गरेका थिए। ६ दिनको भ्रमण सकाएर धर्मगुरुसहितको टोली शुक्रबार दोलाखा फर्किएको छ। त्यहाँ धर्मगुरुकै नेतृत्वमा धम्मदायाद ध्यान केन्द्र निर्माण गरिएको छ।

प्रकाशित: २४ कार्तिक २०८१ २०:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast