काठमाडौँ- नेकपा एमालेको सचिवालय बैठकले नेता लिल्लाबल्लभ अधिकारीलाई सबै जिम्मेवारीबाट हटाउने कोशी प्रदेश कमिटीको निर्णय अनुमोदन गरेको छ।
शनिवार काठमाडौँमा बसेको सचिवालय बैठकले सो निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
उनले भने, ‘कोशी प्रदेशका आन्तरिक मामिला मन्त्री लिलाबल्लभ अधिकारीमाथि गम्भीर प्रश्न उठेकोले कोशी प्रदेश कमिटीले पार्टीका सबै जिम्मेवारीहरूबाट मुक्त हुने गरी गरेको निर्णयलाई अनुमोदन गरेको छ । उनको बारेमा लागेको आरोपहरूको वस्तुनिष्ठ र तथ्यपरक ढङ्गले राज्यका निकायले छानबिन गरुन् त्यो छानबिनमा पार्टीको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।’
जापानमा मानव तस्करीमा संलग्नताको आरोप लागेपछि घिमिरेले मन्त्री र पार्टीको जिम्मेवारीबाट राजीनामा गरिसकेका छन् ।
प्रकाशित: २४ कार्तिक २०८१ १६:००
प्रतिक्रिया