एमाले सचिवालय बैठकले गर्‍यो विवादित कोशीका नेतालाई हटाउने निर्णयको अनुमोदन

हिमाल प्रेस २४ कार्तिक २०८१ १६:००
12
SHARES
एमाले सचिवालय बैठकले गर्‍यो विवादित कोशीका नेतालाई हटाउने निर्णयको अनुमोदन च्यासलमा एमालेको सचिवालय बैठक। तस्बिर : ओली सचिवालय

काठमाडौँ- नेकपा एमालेको सचिवालय बैठकले नेता लिल्लाबल्लभ अधिकारीलाई सबै जिम्मेवारीबाट हटाउने कोशी प्रदेश कमिटीको निर्णय अनुमोदन गरेको छ।

शनिवार काठमाडौँमा बसेको सचिवालय बैठकले सो निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

उनले भने, ‘कोशी प्रदेशका आन्तरिक मामिला मन्त्री लिलाबल्लभ अधिकारीमाथि गम्भीर प्रश्न उठेकोले कोशी प्रदेश कमिटीले पार्टीका सबै जिम्मेवारीहरूबाट मुक्त हुने गरी गरेको निर्णयलाई अनुमोदन गरेको छ । उनको बारेमा लागेको आरोपहरूको वस्तुनिष्ठ र तथ्यपरक ढङ्गले राज्यका निकायले छानबिन गरुन् त्यो छानबिनमा पार्टीको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।’

जापानमा मानव तस्करीमा संलग्नताको आरोप लागेपछि घिमिरेले मन्त्री र पार्टीको जिम्मेवारीबाट राजीनामा गरिसकेका छन् ।

प्रकाशित: २४ कार्तिक २०८१ १६:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast