मानव तस्करी आरोपित निवर्तमान मन्त्री एमालेबाट निलम्बित

हिमाल प्रेस २४ कार्तिक २०८१ १५:१८
8
SHARES
मानव तस्करी आरोपित निवर्तमान मन्त्री एमालेबाट निलम्बित लीलावल्लभ अधिकारी

काठमाडौँ- मानव तस्करीको गम्भीर आरोप लागेका कोशी प्रदेशका निवर्तमान कानुनमन्त्री लिलाबल्लभ अधिकारी पार्टीबाट निलम्बित भएका छन्।

नेकपा एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाका अनुसार मानव तस्करीको आरोपको अन्तिम निरुपण नभएसम्मका लागि पार्टीको कुनैपनि तहमा रहन नपाउनेगरी अधिकारीलाई निलम्बन गरिएको हो।

‘माननीय श्री लिलाबल्लव अधिकारीलाई उपरोक्त आरोपको अन्तिम निरुपण नभए सम्मको लागि पार्टीको कुनैपनि तहमा रहन नपाउने गरी वहाँलाई राष्ट्रिय महाधिवेशन प्रतिनिधी परिषद सदस्य तथा नेकपा एमालेको संगठित सदस्यताबाट समेत निलम्बन गरिएको जानकारी गराइन्छ,’ अध्यक्ष खतिवडाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

अधिकारी एमालेको तर्फबाट मोरङ जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा निर्वाचन क्षेत्र (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन्।

अधिकारीमाथि जापान भ्रमणका क्रममा मानव तस्करी गरेको आरोप लागेको थियो। उक्त आरोपलगत्तै उनले मन्त्री र पार्टी संसदीय दलको नेताबाट राजीनामा समेत दिइसकेका छन्।

प्रकाशित: २४ कार्तिक २०८१ १५:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast