उपनिर्वाचनबारे निर्णय लिन एमालेको सचिवालय बस्दै

हिमाल प्रेस २४ कार्तिक २०८१ ७:१८
6
SHARES
उपनिर्वाचनबारे निर्णय लिन एमालेको सचिवालय बस्दै एमालेको सचिवालय बैठक। फाइल तस्बिर

काठमाडौँ- उपनिर्वाचनका विषयमा छलफल गर्न नेकपा एमालेको सचिवालय बैठक आज (शनिबार) बस्दैछ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठक आज बिहान ११ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा हुने उक्त बैठकमा सहभागी हुन सचिवालय सदस्यहरू ईश्वर पोखरेल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, सुरेन्द्रप्रसाद पाण्डे, गुरुप्रसाद बराल, शंकर पोखरेल, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णुप्रसाद रिमाल, लेखराज भट्ट, गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, रघुवीर महासेठ र पद्माकुमारी अर्याललाई पत्राचार गरिएको जानकारी उनले दिए।

बैठकमा सरकार सञ्चालन, समसामयिक राजनीतिका बारेमा पनि छलफल हुने एमालेले जनाएको छ।

प्रकाशित: २४ कार्तिक २०८१ ७:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast