आईसीसी महिला यु-१९ विश्वकपको एसिया छनोट :

थाइल्यान्डलाई ३५ रनमै अलआउट गर्दै नेपालको सुखद् सुरुवात

हिमाल प्रेस २१ कार्तिक २०८१ १८:१५
84
SHARES
थाइल्यान्डलाई ३५ रनमै अलआउट गर्दै नेपालको सुखद् सुरुवात

काठमाडौँ- नेपालले आईसीसी महिला यु-१९ विश्वकपको एसिया छनोटमा सानदार सुरुवात गरेको छ। युएईको द सेभेन रंगशालामा बुधबार सम्पन्न आफ्नो पहिलो खेलमा नेपालले थाइल्यान्डविरुद्ध ६७ रनको सहज जित निकाल्यो।

नेपालले प्रस्तुत गरेको १०३ रनको लक्ष्य पछ्याएको थाइल्यान्ड ११.४ ओभरमा ३५ रनमै समेटियो। थाइल्यान्डका लागि अपिसरा सुवान्चोरथीले १३ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

नेपालका लागि रचनाकुमारी चौधरीले चार, कप्तान पूजा महतो र रिया शर्माले समान दुई तथा करिस्मा गुरुङ र मनिषाकुमारी उपाध्यायले समान एक विकेट लिए। त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १०२ रनको योगफल तयार पारेको थियो।

नेपालका लागि पूजा महतोले ४० बलमा तीन चौका र एक छक्काको मद्दतले सर्वाधिक ३५ रनको योगदान गरिन्। यसैगरी सीमाना केसीले अविजित १९ र सोनी पाख्रिनले १९ रन बनाए। थाइल्यान्डका लागि चारुकन साइमाले दुई र सुनिसा बोङ्कोडफोंगम्पाईले एक विकेट लिए। अब नेपालले बुधबार कुवेतको सामना गर्नेछ।

प्रकाशित: २१ कार्तिक २०८१ १८:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast