अमेरिकी राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पले फ्लोरिडामा समर्थकलाई बुधबार गरेको सम्बोधन टेलिभिजन प्रसारणमा हेर्दै लासभेगासका समर्थक। तस्बिर : एएफपी/रासस
बेइजिङ– चीनले अमेरिकाको डोनाल्ड ट्रम्प प्रशासनसँग आपसी सम्मानका आधारमा काम गर्ने प्रतिक्रिया दिएको छ। डोनाल्ड ट्रम्पले राष्ट्रपति चुनावमा निर्वाचित भएको दाबी गरेपछि अमेरिकासँग आपसी सम्मानको आधारमा काम गर्ने स्पष्ट पारेको हो।
चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता माओ निङले बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा भने, ‘हाम्रो अमेरिकी नीति स्थिर छ। हामी चीन–अमेरिका सम्बन्धलाई आपसी सम्मान, शान्तिपूर्ण सहअस्तित्व र जित–जितको सहयोगका सिद्धान्तहरूको आधारमा हेर्ने र सम्हाल्ने प्रक्रिया जारी राख्नेछौँ।’ एपी/रासस
प्रकाशित: २१ कार्तिक २०८१ १६:२७
प्रतिक्रिया



