काठमाडौँमा पानी पर्‍यो : ‘दुई दिन मौसममा सुधार आउँदैन’

हिमाल प्रेस १८ कार्तिक २०८१ १६:४३
68
SHARES
काठमाडौँमा पानी पर्‍यो : ‘दुई दिन मौसममा सुधार आउँदैन’

काठमाडौँ– काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्रमा आइतबार पानी परेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुुसार राजधानीसहित केही जिल्लामा अपराह्न पानी परेको हो। अबको २ दिन मौसममा खासै सुधारको अवस्था नरहेको महाशाखाले जनाएको छ।

सोमबार कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशलगायत पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ।

यसैगरी कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा, बाँकी पहाडी भूभागका थोरै स्थानहरूमा तथा तराई भूभागका एकदुई स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। यसैगरी मंगलबार पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रहने महाशाखाको बुलेटिनमा उल्लेख छ।

प्रकाशित: १८ कार्तिक २०८१ १६:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast