 
                             
                                            काठमाडौँ– काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्रमा आइतबार पानी परेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुुसार राजधानीसहित केही जिल्लामा अपराह्न पानी परेको हो। अबको २ दिन मौसममा खासै सुधारको अवस्था नरहेको महाशाखाले जनाएको छ।
सोमबार कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशलगायत पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ।
यसैगरी कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा, बाँकी पहाडी भूभागका थोरै स्थानहरूमा तथा तराई भूभागका एकदुई स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। यसैगरी मंगलबार पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रहने महाशाखाको बुलेटिनमा उल्लेख छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
 