बाबुरामले सुरु गरे अन्तर पार्टी विमर्श, यस्ता छन् विषय

हिमाल प्रेस १६ कार्तिक २०८१ ११:०७
222
SHARES
बाबुरामले सुरु गरे अन्तर पार्टी  विमर्श, यस्ता छन् विषय

काठमाडौँ– नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले देशमा विद्यमान गम्भीर अर्थ–राजनीतिक समस्याबारे अन्तर पार्टी विमर्श सुरु गरेका छन्।

डा.भट्टराईले देशका विद्यमान गम्भीर अर्थ–राजनीतिक समस्या र त्यसबाट उत्पन्न व्याप्त जनअसन्तुष्टीको सम्बोधन गर्नु सबै नयाँ र पुराना दल–नेतृत्वको साझा दायित्व भएको बताए।

काठमाडौँमा केही दिन अगाडि डा.भट्टराईले नेकपा एमालेका नेता विष्णु रिमाल, नेकपा माओवादी केन्द्रका नेता शक्ति बस्नेत, जनार्दन शर्मा, नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्री, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सन्तोष परियार, विवेकशील साझा पार्टीकी नेतृ समीक्षा बास्कोटालगायतसँग विमर्श गरेका हुन्।

डा.भट्टराईले समस्यालाई वस्तुपरक ढंगले पहिचान गरेर तिनलाई कसले छिटो र राम्ररी समाधान गर्ने भन्ने विषयमा प्रतिस्पर्धा र सहकार्य नै बहुदलीय लोकतन्त्रको मूल मर्म र सौन्दर्य भएको धारणा राखे।

समस्या समाधानको निम्ति सबैभन्दा पहिले देशका दीर्घकालीन र अल्पकालीन साझा समस्याको पहिचान गर्नु र त्यसपछि सबै दल–नेतृत्वले आआफ्ना दृष्टिकोण, पक्षधरता,संगठन, योजना, कार्यशैली अनुसार कार्यान्वयनकोनिम्ति प्रतिस्पर्धा गर्नु उपयुक्त हुने उनले बताए।

विमर्शमा पूर्व नयाँ शक्ति नेता केशव दाहाल, नेसपा नयाँ शक्ति नेतृ मानुषी यमि भट्टराईलगायतको पनि उपस्थिति थियो।

यी हुन् विमर्शका विषय

प्रकाशित: १६ कार्तिक २०८१ ११:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast