३२ वर्षपछि काठमाडौँमा ‘कन्दरा’ को कन्सर्ट

हिमाल प्रेस २५ कार्तिक २०८१ १५:३१ | Sunday, November 10, 2024
३२ वर्षपछि काठमाडौँमा ‘कन्दरा’ को कन्सर्ट

काठमाडौँ-  चर्चित सांगीतिक ब्याण्ड ‘कन्दरा’ ले काठमाडौँमा पहिलाेपटक कन्सर्ट गर्दै  ३२ औं उत्सव ‍ मनाएको छ। काठमाडौँ कलिङ कन्दरा नाम दिइएको कन्सर्टमा शनिबार ठमेलस्थित क्लब एलओडीमा हजारौं दर्शकले उत्साहपूर्ण सहभागता जनाए। एलओडी क्लबमा भएको कन्दराकै पहिलो कन्सर्टमा फरक उमेर समूहका सहभागीले ब्यान्डका हरेक गीतमा गाएर साथ दिए।

कन्सर्टको आरम्भ गायक देवेन्द्र बब्लु र फिरन्तेको सांगीतिक प्रस्तुतिबाट भएको थियो। देवेन्द्रले परम्परागत र आधुनिक संगीतको फ्युजन प्रस्तुत गरे। त्यसपछि कन्दरा गायक विवेक श्रेष्ठ, गितारवादक देव लामा, बेसिस्ट पंकज झा, ड्रमर सुनिल थापा, मादलवादक अविनाश गायक र किबोर्डवादक नील घतानीको सशक्त लाइनअपका मञ्चमा प्रस्तुत भएको थियो।

मञ्चमा गायक विवेक श्रेष्ठको आगमनअघि दर्शकहरुले उनले कन्सर्टको सुरुमा कुन गीत गाउँलान् भन्ने अड्कलबाजी सुरु भइसकेको थियो। यसैबीच विवेकले पहिलो गीत गुनगुनाए, तगारोमा रुमाल राखी बाटो छेकिन उनले..

पहिलो गीतबाटै गायकलाई साथ दिएका स्रोताहरुले त्यसपछिका तिमी परी, लेककी हे माया, विदेसिएर गइन् उनी, हङकङ पोखरा जस्ता चर्चित गीतहरुमा गुनगुनाएर साथ दिइरहे। तिमी पारि र हङकङ पोखराजस्ता गीतमा दर्शकको वान्स मोर आइरह्यो। दर्शकको माग अनुसार दोहोर्याउँदा पनि दर्शकहरुको वान्स मोर आउन छोडेको थिएन।

आफ्ना गीतसँगसँगै विवेकले गोपाल योञ्जन, रञ्जित गजमेरलगायत पुराना पुस्ताका गीतसमेत गाएर आधुनिक तथा लोकस्रष्टामा सम्मानमा दर्शकलाई एकत्रित गरे।

मेलोडियस लोकपप विधाको नेतृत्व गर्ने कन्दरा ब्यान्डका गायक विवेक श्रेष्ठले कार्यक्रमबारे भने, हाम्रा अविश्वसनीय फ्यानहरुको उर्जाले घेरिएको काठमाडौँमा पहिलो पटक प्रस्तुति दिनु सपना साकार हुनुजस्तै हो । यो प्रस्तुति, यो रात हामीलाई माया र समर्थन गर्ने तपाईंहरू सबैमा समर्पित छ। उनले कन्दराको कन्सर्ट नेपाली सङ्गीत र संस्कृतिको उत्सव समेत भएको बताए।

प्रकाशित: २५ कार्तिक २०८१ १५:३१ | Sunday, November 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast