सुनचाँदीको मूल्य किन घटबढ?

हिमाल प्रेस ९ मंसिर २०८१ ११:५८ | Sunday, November 24, 2024
सुनचाँदीको मूल्य किन घटबढ?

काठमाडौँ- सुनचाँदीको मूल्य बढेको छ।

लगातार बढेको सुनको मूल्य आज प्रतितोला एक हजार सात सय रुपैयाँ बढेको हो।

आज सुनको मूल्य तोलामा एक हजार सात सय रुपैयाँ बढेर एक लाख ६७ हजार दुईसय रुपैयाँ पुगेको छ। गत शुक्रबार सुनको मूल्य तोलाको एक लाख ६५ हजार पाँच सय रुपैयाँ थियो।

गत कात्तिक १५ गते सुनको मूल्य हालसम्मकै महँगो थियो। त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो।

त्यसयताका दुई सातामा सुनको मूल्य ११ हजार रुपैयाँ घटेर एक लाख ६० हजारमा झरेको थियो। विगत एक सातायता भने सुनको मूल्य फेरि बढिरहेको छ।

आज चाँदीको मूल्य पनि बढेको छ। गत शुक्रबार तोलाको एक हजार नौ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलाको १५ रुपैयाँ बढेर एक हजार नौ सय ६० रुपैयाँ पुगेको छ।

मुद्रास्फीति, मुद्राको अवमूल्यन, आर्थिक अस्थिरता, माग र आपूर्तिमा असन्तुलन जस्ता कारणहरूले सुनको मूल्य बढाएकाे व्यावसायी बताउँछन्।

नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चका संस्थापक अध्यक्ष एवम् नेपाल सुनचाँदी रत्न आभूषण महासंघको केन्द्रीय कोषाध्यक्ष गणेश लकान्द्रीले नेपाली बजारमा सुनको मूल्य पुससम्ममा प्रतितोला १ लाख ५५ हजारदेखि १ लाख ५० रुपैयाँसम्म पुग्नसक्ने बताए।

याे पनि

तोलाको एक लाख ५० हजारसम्म झर्न सक्छ सुनको मूल्य

सुनचाँदीको मूल्य अझै बढ्छ : गणेशप्रसाद लकान्द्री

प्रकाशित: ९ मंसिर २०८१ ११:५८ | Sunday, November 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast