सिनामंगलमा रहेको आयल निगमको डीपो सारिँदै

हिमाल प्रेस ५ मंसिर २०८१ १८:०६ | Wednesday, November 20, 2024
सिनामंगलमा रहेको आयल निगमको डीपो सारिँदै

काठमाडौँ- नेपाल आयल निगमको सिनामंगलमा रहेको हवाई इन्धन डिपो स्थानान्तरण हुने भएको छ। बुधबार निगमको हवाई इन्धन डिपो सिनामंगल र त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (कन्सल्टेन्सी सेवा)बीच नयाँ डिपो निर्माणका लागि डीपीआर बनाउन सम्झौता भएको हो। डिपोको कारण स्थानीय बासिन्दाका साथै हवाई उड्डयन क्षेत्र समेत जोखिममा रहेकाले डिपो स्थानान्तरण गर्ने तयारी गरेको हो।

कार्यक्रममा निगमका सिनामंगल डिपो प्रमुख प्रदीपकुमार यादवले डिपो गुह्येश्वरीतर्फ ५० रोपनी जग्गामा डिपो सार्ने निर्णय भएको बताए। उनले नयाँ बन्ने डिपोमा ३ हजार किलोलिटर क्षमताका ५ वटा भण्डारण ट्यांक निर्माण गरिने जानकारी दिए।

नयाँ डिपो निर्माणका लागि डीपीआर बनाउन दुई संस्थाबीच एक करोड ९८ लाख ८४ हजार १ सय ८३ रुपैयाँमा सम्झौता भएको हो। हाल सिनामंगल हवाई इन्धन डिपोको भण्डारण क्षमता सात हजार ६ सय ६० किलोलिटर रहेको छ।

प्रकाशित: ५ मंसिर २०८१ १८:०६ | Wednesday, November 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast