 नृपध्वज निरौला र नित्यानन्द पाण्डेय
                             नृपध्वज निरौला र नित्यानन्द पाण्डेय 
                                            काठमाडौँ- सर्वोच्च अदालतका प्रस्तावित दुवै न्यायाधीशको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ। आज शुक्रबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित न्यायाधीशहरू नृपध्वज निरौला र नित्यानन्द पाण्डेको नाम सर्वसम्मत रुपमा अनुमोदन भएको हो।
सुनुवाइ समितिको बैठकमा प्रस्तावित न्यायाधीश दुवैले आफ्नो आफ्नो कार्योजना पेस गरेका थिए। संसदीय सुनुवाइ समितिका सभापति पशुपतिशमशेर जबराका अनुसार उनीहरूको कार्योजना सुनिसकेपछि अनुमोदन गरिएको हो।
सुनुवाइ समितिले गत असोज १५ गते सूचना प्रकाशन गरेर दुई प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी आह्वान गरेको थियो। दुई न्यायाधीशमध्ये निरौलाविरुद्ध संसदीय सुनुवाइ समितिमा दुईवटा उजुरी परेका थिए। उनले उजुरीमाथि सुनुवाइ समितिमा जवाफ दिएका थिए।
                            प्रकाशित: २३ कार्तिक  २०८१ १५:२२ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 