‘सन् २०५० सम्म ६० प्रतिशतले बढ्न सक्छ डेंगु संक्रमण’

हिमाल प्रेस ९ मंसिर २०८१ १७:२३ | Sunday, November 24, 2024
‘सन् २०५० सम्म ६० प्रतिशतले बढ्न सक्छ डेंगु संक्रमण’

काठमाडौँ- सन् २०५० सम्म डेंगु संक्रमणण ६० प्रतिशतले बढ्न सक्ने निष्कर्ष वैज्ञानिकहरूले निकालेका छन्। केही क्षेत्रहरूमा यो वृद्धि २०० प्रतिशतसम्म पुग्न सक्ने खतरा रहेको वैज्ञानिकहरूको अनुमान छ। डेंगु एक प्रकारको भाइरल संक्रमण हो। यो एडिज प्रजातिको लामखुट्टेको टोकाइबाट सर्छ।

अमेरिकन सोसाइटी अफ ट्रपिकल मेडिसिन एन्ड हाइजिनको वार्षिक बैठकमा प्रस्तुत गरिएको अध्ययनमा २०५० सम्म डेंगु संक्रमण ४० देखि ६० प्रतिशतले वृद्धि हुन सक्ने उल्लेख छ। डेंगु संक्रमणमा जलवायु परिवर्तनको भूमिका १८ प्रतिशत रहेको अध्ययन प्रतिवेदनमा औँल्याइएको छ। उक्त अध्ययन मेरिल्यान्ड, हार्वर्ड र स्ट्यानफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेका हुन्।

तापक्रम १५ डिग्री सेल्सियसको आसपास हुँदा डेंगु संक्रमण सुरु हुन्छ। २७.८ डिग्री सेल्सियस उच्चतम स्तरमा पुग्छ। अत्यधिक गर्मी हुँदा यसको संक्रमण मन्द हुने चिकित्सकहरू बताउँछन्। वैज्ञानिकहरूले २१ देशका करिब १५ लाख डेंगुका घटनाको विश्लेषण गरी यस्तो निकर्ष निकालेका हुन्।

जलवायु परिवर्तनका कारण लामुखट्टेजन्य रोग वृद्धि भइरहेको छ। जलवायुमा भइरहेको तीव्र परिवर्तनका कारण लामखुट्टेहरू पहिले नपाइने स्थानमा पनि फैलिन थालेको अध्यनमा उल्लेख छ।

प्रकाशित: ९ मंसिर २०८१ १७:२३ | Sunday, November 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast