संखुवासभाको चिचिला भीरमा भेटियो युवकको शव

हिमाल प्रेस २५ कार्तिक २०८१ २१:०६ | Sunday, November 10, 2024
संखुवासभाको चिचिला भीरमा भेटियो युवकको शव

खाँदबारी (संखुवासभा)- संखुवासभाको चिचिला गाउँपालिकामा आज एक युवकको शव भिरमा फालिएको अवस्थामा फेला परेको छ। चिचिला गाउँपालिका–३ का ३६ वर्षीय विकास राईको शव भिरमा भेटिएको प्रहरीले जनाएको हो।

चिचिला–३ खर्सुस्थित लप्सीभिरमा बाटोदेखि करिब एक मिटर तल भिरमा अड्किएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतको बताए। उनले शव सडेको अवस्थामा फेला परेको र विभिन्न कोणबाट घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिए। शव हाल पोस्टमार्टमका लागि जिल्ला अस्पताल खाँदबारी पठाइएको छ।

हत्यामा सङ्लग्न भएको आरोपमा चिचिला–३ कै ३५ वर्षीय प्रदीप राईलाई प्रहरीले पक्राउ गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २५ कार्तिक २०८१ २१:०६ | Sunday, November 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast