वर्ल्डलिंकद्वारा गौरीशंकर बालगृह भवन मर्मत गरी हस्तान्तरण

हिमाल प्रेस २८ कार्तिक २०८१ १९:३१ | Wednesday, November 13, 2024
वर्ल्डलिंकद्वारा गौरीशंकर बालगृह भवन मर्मत गरी हस्तान्तरण

काठमाडौँ- नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसनले दोलखाको भीमेश्वर नगरपालिकास्थित गौरीशंकर बालगृह मर्मतसम्हार गरी हस्तान्तरण गरेको छ।

वर्ल्डलिंकले सामाजिक उत्तरदायित्वसम्बन्धी परियोजनाअन्तर्गत बालगृह पूर्ण रूपमा मर्मत गरी बालगृहकी अध्यक्ष विद्यालक्ष्मी उपाध्यायलाई हस्तान्तरण गरेको हो।

उक्त अवसरमा वर्ल्डलिंकका लिगेसी प्रमोटर शेयरहोल्डर र सामाजिक उत्तरदायित्व कार्यक्रमका प्रमुख अनुपमा भण्डारी जलानले अन्य संघसंस्थाहरूलाई पनि गौरीशंकर बालगृहको सुधारमा थप योगदान गर्न आह्वान गरिन्।

नगरपालिका प्रमुख ईश्वरनारायण मानन्धरले अन्य संस्थाहरूलाई यस प्रकारका सामाजिक दायित्वका कार्यक्रमहरूमा सक्रिय हुन आह्वान गर्दै वर्ल्डलिंकलाई धन्यवाद दिए।

२०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त भएको भवनको छाना चुहावट तथा भित्ताहरूको मर्मतसँगै झ्यालढोका मर्मत तथा रंगरोगनलगायत तीनवटा शौचालय तथा तीनवटा स्नानगृहको समग्र पुनर्निर्माण र आश्रित १७ जना बालकहरूका लागि डसना, कम्बल र स्टेसनरी सामग्री प्रदान गरेको छ।

यो परियोजनाले बालगृहका बच्चाहरूलाई थप सुरक्षित र आरामदायक बासोबासको सुनिश्चितता प्रदान गर्ने वर्ल्डलिंकले विश्वास लिएको छ।

हस्तान्तरण कार्यक्रममा वर्ल्डलिंकका लिगेसी प्रमोटर जलान, नगर प्रमुख मानन्धर, बालगृहकी अध्यक्ष विद्यालक्ष्मी उपाध्यायलगायत बोर्डका सदस्यहरूको उपस्थिति रहेको थियो।

प्रकाशित: २८ कार्तिक २०८१ १९:३१ | Wednesday, November 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast