लुम्बिनी विकास कोषको बजेट पारित

हिमाल प्रेस २६ कार्तिक २०८१ २१:३८ | Monday, November 11, 2024
लुम्बिनी विकास कोषको बजेट पारित

लुम्बिनी- लुम्बिनी विकास कोषको परिषद् बैठकले आर्थिक वर्ष २०८१/०८२ को बजेट पारित गरेको छ। कोषका अध्यक्ष संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा सोमबार काठमाडौँमा बसेको परिषद् बैठकले बजेट पारित गरेको हो। परिषदले कुल ७७ करोड ५५ लाख ९२ हजारको आयव्यय अनुमान गरी प्रस्तुत बजेट पारित गरेको हो।

कोषका कोषाध्यक्ष ढुण्डिराज भटराई सिद्धिचरणले प्रस्तावित गरेको आन्तरिकतर्फ ३२ करोड ५५ लाख ९२ हजार र नेपाल सरकारको अनुदान ४५ करोड गरी उक्त कुल आम्दानी खर्चको अनुमान गरेको हो।

कोषका सदस्य सचिव सानुराजा शाक्यले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए उक्त दुवै प्रतिवेदन सुझाव सहित पारित गरिएको छ।

प्रकाशित: २६ कार्तिक २०८१ २१:३८ | Monday, November 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast