रास्वपाले साँझ ७ बजे ७ मिनेट घन्टी बजाउने

हिमाल प्रेस ४ मंसिर २०८१ १४:०४ | Tuesday, November 19, 2024
रास्वपाले साँझ ७ बजे ७ मिनेट घन्टी बजाउने रास्वपा केन्द्रीय कार्यालय ।

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मंगलबार साँझ ७ बजे ७ मिनेट घन्टी बजाउने भएको छ। भ्रष्ट सरकारको सर्वसत्तावाद र राजनीतिक प्रतिशोधविरुद्ध घन्टी बजाउन लागिएको रास्वपाले जनाएको छ।

आम निर्वाचनमा मत परिवर्तनबाट मुलुकको रूपान्तरणको सुरुवात भएको दुई वर्ष पुगेको भन्दै रास्वपाले खबरदारीस्वरुप घन्टी बजाउन लागेको हो। २०७९ सालको आम निर्वाचनबाट राजनीतिको मूलधारमा उदाएको रास्वपा मुलुकको चौथो ठूलो दल हो।

रास्वपाले आग्रह गर्दै भनेको छ, ‘आम निर्वाचनमा मत परिवर्तनबाट मुलुकको रूपान्तरणको सुरुवात भएको दुई वर्ष पुगेको छ। भ्रष्ट सरकारको सर्वसत्तावाद र राजनीतिक प्रतिशोध विरुद्ध आज साँझ ७ बजे आफ्नो घरमा र सम्भव हुने टोलमा चोकमा जम्मा भई सात मिनेट खबरदारी घन्टी बजाउन सबैमा अनुरोध गर्दछौँ।’

प्रकाशित: ४ मंसिर २०८१ १४:०४ | Tuesday, November 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast