रास्वपाका नेताविरुद्धअवहेलनाको मुद्दा दर्ता हुँदै

हिमाल प्रेस २७ कार्तिक २०८१ १४:३३ | Tuesday, November 12, 2024
रास्वपाका नेताविरुद्धअवहेलनाको मुद्दा दर्ता हुँदै सर्वोच्च अदालत

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउको विरोध गर्दै प्रदर्शन गरिरहेका रास्वपाका नेताहरू तथा सांसदहरूविरूद्ध अदालतको अवहेलनाको रिट दायर हुने भएको छ।

अधिवक्ता अनुपम भट्टराईले सर्वोच्च अदालतमा उनीहरूविरुद्ध रिट दायर गरेका हुन्। रिट निवेदन दर्ताको प्रक्रियामा रहेको भट्टराईले जानकारी दिए। उनले यसअघि कात्तिक १४ मै रिट दिएका थिए। तर, सहरजिष्ट्रार अच्युत कुईकेलले भट्टराईको रिट दरपीठ गर्ने आदेश दिएका थिए। उनले फेरि निवेदन दिएपछि सर्वोच्चले दरपीठ बदर गरेर रिट दर्ता गर्न लागेको हो। उक्त दरपीठ आदेश मंगलबार न्यायाधीश विनोद शर्माको इजलासले बदर गरेको हो।

भट्टराईले रास्वपा केन्द्रीय पदाधिकारी, सांसद तथा नेताहरूविरुद्ध रिट दिएका हुन्। उनले बागमती प्रदेश सभापति अच्युतम लामिछाने, सांसदहरू मनिष झा, स्वर्णिम वाग्ले, सुमना श्रेष्ठ, विराजभक्त श्रेष्ठ, तोसिमा कार्की, सोबिता गौतम, अशोककुमार चौधरी, असिम शाह, गणेश पराजुली, चन्दा कार्की, डोलप्रसाद अर्याल, निशा डाँगी, बिन्दबासिनी कंसकार, बिनिता कठायत, लक्ष्मी तिवारी, शिव नेपाली, शिशिर खनाल, सन्तोष परियार र हरि ढकाललाई विपक्षी बनाएर रिट दायर गरेका छन्।

सहकारी ठगी र संगठित अपराध मुद्दामा लामिछाने गत कात्तिक २ गते काठमाडौँको बनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयबाट पक्राउ परेका थिए। लगत्तै रास्वपाले देशव्यापी र विशेष गरी पोखरा केन्द्रित प्रदर्शन गरिरहेको छ। रास्वपाले प्रतिशोधका आधारमा पक्राउ गरिएको भनेको छ। आज लामिछानेलाई सहकारी ठगीकै विषयमा अनुसन्धानका लागि पोखराबाट रुपन्देही पुर्‍याइएको छ।

प्रकाशित: २७ कार्तिक २०८१ १४:३३ | Tuesday, November 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast