रास्वपाका नेताविरुद्ध दायर भएको अवहेलनासम्बन्धी मु्द्दामा थप विवरण मगाउने आदेश 

हिमाल प्रेस ११ मंसिर २०८१ २१:३१ | Tuesday, November 26, 2024
रास्वपाका नेताविरुद्ध दायर भएको अवहेलनासम्बन्धी मु्द्दामा थप विवरण मगाउने आदेश  सर्वोच्च अदालत। फाइल तस्बिर

काठमाडौँ- सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताविरूद्ध दायर भएको अदालतको अवहेलनासम्बन्धी निवेदनबारे थप विवरण मगाउने आदेश गरेको छ।

न्यायाधीशद्वय मनोजकुमार शर्मा र नृपध्वज निरौलाको संयुक्त इजलासले आज (मंगलबार) उक्त विवादमा अन्य विवरण मगाउने आदेश दिएको हो।

न्यायाधीश विनोद शर्माको इजलासले गत कात्तिक २७ गते रास्वपाका सभापति रवि लामिछानेमाथि सहकारीको रकम हिनामिनामा अनुसन्धान प्रक्रिया भइरहँदा अदालतका गतिविधिविरुद्ध आन्दोलन गरी अदालतको अवहेलना गरेको उल्लेख गर्दै अधिवक्ता अनुपम भट्टराईले निवेदन दायर गरेका थिए।

प्रकाशित: ११ मंसिर २०८१ २१:३१ | Tuesday, November 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast