मध्यपहाडी लोकमार्ग : बागलुङ खण्डको १३ किलोमिटर कालोपत्र

हिमाल प्रेस १२ मंसिर २०८१ १२:३७ | Wednesday, November 27, 2024
मध्यपहाडी लोकमार्ग : बागलुङ खण्डको १३ किलोमिटर कालोपत्र प्रतिनिधिमूलक तस्बिर।

बागलुङ-  मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको १३ किलोमिटर कालोपत्र पूरा भएको छ।

हालसम्म १० किलोमिटर ‘पिच’ भएको छ। अछेते बजारदेखि बिहुँ-बयलडाँडा खण्डमा ग्राभेलको काम जारी छ।

‘दस किलोमिटरमा सिंगल कोट कालोपत्र भयो बाँकी आगामी पुस मसान्तसम्ममा पूरा गर्ने लक्ष्यका साथ धमाधम काम भइरहेको छ’, निर्माण व्यवसायी राजु गौतमले भने। लोकमार्गअन्तर्गत बागलुङ खण्डमा एक सय ४२ किलोमिटर पर्छ। सदरमुकाम बागलुङ बजार बाहेक अन्य स्थानमा चार वर्ष अघि नै कालोपत्र भएको हो।

यसैगरी, बिहुँदेखि घोडाबाँधेसम्मको १२ किलोमिटर खण्डको काम नयाँ निर्माण व्यवसायीलाई दिइएको छ। हालसम्म उक्त खण्डमा ७७ प्रतिशत वित्तीय र ८० प्रतिशत भौतिक प्रगति भएको पर्वतस्थित मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयका इञ्जिनियर कल्पना मिश्रले बताइन्।

प्रकाशित: १२ मंसिर २०८१ १२:३७ | Wednesday, November 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast