भारतीय स्थल सेनाध्यक्ष द्विवेदी स्वदेश फिर्ता

हिमाल प्रेस ९ मंसिर २०८१ १६:५३ | Sunday, November 24, 2024
भारतीय स्थल सेनाध्यक्ष द्विवेदी स्वदेश फिर्ता

काठमाडौँ- भारतीय स्थल सेनाका अध्यक्ष उपेन्द्र द्विवेदी पाँचदिने नेपाल भ्रमण सकेर आइतबार स्वेदश फर्किएका छन्। प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा पाँचदिने नेपाल भ्रमणमा आएका द्विवेदी स्वदेश फिर्ता भएका हुन्।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युद्धकार्य विभागका विभागीय प्रमुख उपरथी प्रेमध्वज अधिकारी र उनकी धर्मपत्नीले बिदाई गरेका थिए।

भ्रमणका क्रममा भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेका थिए।

भ्रमणका क्रममा उनले राष्ट्रपति पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री मानवीर राई र प्रधानसेनापति सिग्देलसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेका थिए।

त्यस्तै द्विवेदीले शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेज र पोखरास्थित पश्चिम पृतना हेडक्वार्टर भ्रमण गर्नुका सथौ मुस्ताङस्थित मुक्तिनाथ मन्दिरको दर्शन र माउन्टेन फ्लाइटमार्फत हिमालहरूको अवलोकन गरेका थिए।

यो भ्रमणले दुई देशबीच रहँदै आएको सौहाद्रपूर्ण सैनिक सम्बन्धलाई थप समधुर एवं प्रगाढ पार्न थप मत पुगेको नेपाली सेनाले विश्वास लिएको छ।

प्रकाशित: ९ मंसिर २०८१ १६:५३ | Sunday, November 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast