भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीले आज ओलीलाई भेट्दै

हिमाल प्रेस ७ मंसिर २०८१ १०:५३ | Friday, November 22, 2024
भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीले आज ओलीलाई भेट्दै भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी

काठमाडौँ- नेपालको पाँचदिने औपचारिक भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्दैछन्। शुक्रबार दिउँसो साढे चार बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री ओलीसँग द्विवेदीले भेटवार्ता गर्ने कार्यक्रम रहेको ओलीको सचिवालयले जनाएको छ।

गएको बुधबार नेपाल भ्रमणमा आएका द्विवेदीलाई हिजो राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका थिए। दर्ज्यानी चिह्न प्रदान कार्यक्रमपश्चात् उनले राष्ट्रपतिसँग पनि शिष्टाचार भेटघाटसमेत गरेका छन्।

द्विवेदीले आजै नेपाली सेनाको कमाण्ड तथा स्टाफ कलेज शिवपुरीका विद्यार्थीलाई सम्बोधन गर्ने कार्यक्रम छ।

प्रकाशित: ७ मंसिर २०८१ १०:५३ | Friday, November 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast