बागलुङमा पिक दुर्घटना हुँदा चालकसहित ५ को मृत्यु

हिमाल प्रेस २६ कार्तिक २०८१ १०:०१ | Monday, November 11, 2024
बागलुङमा पिक दुर्घटना हुँदा चालकसहित ५ को मृत्यु

बागलुङ- बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउँदै गरेको ‘पिकअपभ्यान’ जैमिनी–७ जैदीको व्यार्थला नजिकै आज बिहान दुर्घटना हुँदा चालकसहित पाँच जनाको मृत्यु भएको छ।

ग२च ९२४७ ‘पिकपअभ्यान’ सडकदेखि एकसय मिटरभन्दा तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी केशव थापाले जानकारी दिए।

घटनामा मृतकको पहिचान खुलिसकेको छैन। ‘पिकअपभ्यान’मा सवार एक जनाको भने जीवितै उद्धार गरिएको छ। घटनाको थप विवरण आउन बाँकी रहेको उनले बताए।

प्रकाशित: २६ कार्तिक २०८१ १०:०१ | Monday, November 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast