काठमाडौँ- प्रधान सेनापति अशोक राज सिग्देलले रथी दर्जामा पदोन्नति भएका उपरथी प्रदीप जंग केसीलाई शुक्रबार रथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका छन्। उनी नेपाल सरकार, मन्त्री परिषद्को निर्णय बमोजिम मङ्सिर १० गतेको मितिबाट रथी दर्जामा पदोन्नति भएका हुन्।
पदोन्नतिसँगै रथी केसी बलाध्यक्षमा नियुक्त भएको नेपाली सेनाले जानकारी दिएको छ। दर्ज्यानी चिन्ह प्रदान गर्न आयोजित कार्यक्रममा रथीवृन्द तथा अधिकृतहरूका साथै परिवारजनको उपस्थिति थियो।
प्रकाशित: १४ मंसिर २०८१ १४:०१ | Friday, November 29, 2024
प्रतिक्रिया




