पिकअप दुर्घटनामा ज्यान गुमाउने सबैको सनाखत

हिमाल प्रेस २६ कार्तिक २०८१ ११:०७ | Monday, November 11, 2024
पिकअप दुर्घटनामा ज्यान गुमाउने सबैको सनाखत

काठमाडौँ- बागलुङमा पिकअप भ्यान दुर्घटनामा ज्यान गुमाउनेको सनाखत भएको छ।

जैमिनी नगरपालिका-८ छिस्तीबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउँदै गरेको पिकअप भ्यान जैमिनी-७ जैदीको व्यार्थला नजिकै सोमबार बिहान दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको थियो।

दुर्घटनामा जैमिनी ८ केवईका चालक ३८ वर्षीय महेन्द्र पुन, सोही स्थानका २० वर्षीया रश्मी श्रीष, ५० वर्षीया नन्दकली पुन, १७ वर्षीय निरज श्रीष र ७५ वर्षीय कुलप्रसाद श्रीषले ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी केशव थापाले जानकारी दिए।

ग२च ९२४७ पिकअप भ्यान सडकदेखि १०० मिटरभन्दा तल खसेको थियो। दुर्घटनामा मृत्यु भएकाको पहिचान खुलिसकेको छैन। पिकअप भ्यानमा सवार एक जनाको भने जीवितै उद्धार गरिएको छ ।

बागलुङमा पिक दुर्घटना हुँदा चालकसहित ५ को मृत्यु

प्रकाशित: २६ कार्तिक २०८१ ११:०७ | Monday, November 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast