पाकिस्तानका प्रधानमन्त्रीसँग राजदूत अधिकारीको बिदाइ भेट

हिमाल प्रेस २६ कार्तिक २०८१ १२:३३ | Monday, November 11, 2024
पाकिस्तानका प्रधानमन्त्रीसँग राजदूत अधिकारीको बिदाइ भेट
काठमाडौँ– पाकिस्तानका लागि नेपाली राजदूत तपस अधिकारीले पाकिस्तानका प्रधानमन्त्री मुहम्मद सहबाज सरिफसँग बिदाइ भेट गरेका छन्।आफ्नो कार्यकाल पूरा गरी स्वदेश फिर्ता हुने क्रममा राजदूत अधिकारीले इस्लामाबादस्थित प्रधानमन्त्री कार्यालयमा बिदाइ भेट गरेका हुन्।

त्यस अवसरमा नेपाल र पाकिस्तानबीचको द्विपक्षीय सम्बन्ध, दक्षिण एसियाली सहयोग संगठन (सार्क) मार्फत क्षेत्रीय सहकार्यलगायतका विषयमा छलफल भएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ।

पाकिस्तानीका प्रधानमन्त्री सरिफले राजदूत अधिकारीको कार्यकालमा दुई देशबीचको सम्बन्ध अझ मजबुद भएको उल्लेख गर्दै अधिकारीको आगामी कार्यकाल सुखद् होस् भनी कामना गरेका थिए।

त्यस अवसरमा पास्तिानका उपप्रधानमन्त्री, परराष्ट्रमन्त्री मुहम्मद इशक दर, प्रधानमन्त्री सरिफका परराष्ट्र मामिलासम्बन्धी विशेष सहायक  तारिक फतेमी, पाकिस्तानका परराष्ट्र सचिव अमना बोलाचका साथै नेपाली दूतावास उपप्रमुख मिसन लोकबहादुर क्षेत्रीलगायतको उपस्थिति थियो।

प्रकाशित: २६ कार्तिक २०८१ १२:३३ | Monday, November 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast