पाकिस्तानका पूर्वप्रधानमन्त्री शरीफ भन्छन् : भारतसँग सम्बन्ध सुधार गर्न जरूरी छ

हिमाल प्रेस २९ कार्तिक २०८१ १५:३७ | Thursday, November 14, 2024
पाकिस्तानका पूर्वप्रधानमन्त्री शरीफ भन्छन् : भारतसँग सम्बन्ध सुधार गर्न जरूरी छ पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफ

काठमाडौँ- पाकिस्तानका पूर्वप्रधानमन्त्री एवं पाकिस्तान मुस्लिम लिग (एन) का अध्यक्ष नवाज शरीफले छिमेकी मुलुक भारतसँग सम्बन्ध सुधार गर्नुपर्ने बताएका छन्।जेनेभाबाट लन्डन फर्किने क्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्।

दुवै देशबीचको सम्बन्ध ठीक हुनसक्ने र हुनुपर्ने शरीफले बताए। उनले भने,‘भारतसँग सम्बन्ध बिग्रिएको छ भने त्यसलाई ठीक पार्नुपर्छ र यसमा मैले कुनै समस्या देखेको छैन।’

पूर्वप्रधानमन्त्री शरीफका अनुसार दुवै देशबीचको सम्बन्ध ठीक हुनसक्ने र हुनु पनि पर्नेछ।

उनले आगामी वर्ष हुन लागेको च्याम्पियन्स ट्रफी क्रिकेट खेल्न भारतीय टिम पाकिस्तान आउनुपर्ने जिकिर गरे। शरीफले भने,‘भारतीय टिमलाई पाकिस्तान आउनुपर्ने थियो, किनभने दुवै देशबीचको सम्बन्धलाई सुधार गर्न आवश्यक छ।’

सुरक्षाको कारण देखाउँदै भारतले च्याम्पियन्स ट्रफी खेल्न पाकिस्तान जानबाट अस्वीकार गरिदिएको छ। भारतीय टिम अन्तिमपटक सन् २००८ मा म्याच खेल्न पाकिस्तान पुगेको थियो।

प्रकाशित: २९ कार्तिक २०८१ १५:३७ | Thursday, November 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast