दुर्घटनापछि तनावग्रस्त इटहरी : प्रहरीले गर्‍यो हवाई फायर

हिमाल प्रेस २ मंसिर २०८१ २०:५४ | Sunday, November 17, 2024
दुर्घटनापछि तनावग्रस्त इटहरी : प्रहरीले गर्‍यो हवाई फायर

इटहरी- इटहरीमा बसको ठक्करबाट एक किशोरीको मृत्यु भएको घटनामा प्रहरीले हवाई फायर गरी भीड नियन्त्रणमा लिएको छ। झापाको काकडभिट्टाबाट विराटनगर जाँदै गरेको बस इटहरी-१० शान्ति चोकमा दुर्घटना भएको थियो।

मे १ ख ४५७४ नम्बरको बसले ठक्कर दिँदा साइकलयात्री इटहरी उपमहानगरपालिका-१० की १३ वर्षीया सजना यादवको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। इटहरीको जनता माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययरत उनी विद्यालयबाट घर आउँदै गरेकी थिइन्। किशोरीलाई तीव्र गतिको बसले ठक्कर दिएको थियो।

बसको ठक्करबाट बालिकाको घटनास्थलमै मृत्यु भएपछि आक्रोशित भीडले बस जलाएका थिए। आगजनीबाट जलेर बस पूर्ण रूपले क्षति भएको छ।

आक्रोशित भीडले प्रहरीमाथि ढुंगामुढासमेत गरेका थिए। ठूलो संख्यामा परिचालित भएका प्रहरीले हवाई फायर गरेका थिए।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायरसहित अश्रुग्यास पनि प्रहार गरिएको थियो। अहिले भीड नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाले जानकारी दिए।

प्रकाशित: २ मंसिर २०८१ २०:५४ | Sunday, November 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast